निर्वाचन आचारसंहिता : ६ विषयमा एमालेकाे असहमति

 चैत २४, २०७८ बिहीबार १६:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह चुनाव निष्पक्ष ढङ्गले सम्पन्न हुने गरी प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुने गरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो । पार्टीका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज बिहीवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी यस्ताे आग्रह गरेकाे हाे । 

यसैबीच एमालेले निर्वाचन आचारसंहिताकाे केही बुँदामा असहमति व्यक्त गरेकाे गरेकाे छ । आचारसंहिताकाे दफा ५ मा प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी प्रचार नै गर्न नपाउने कानुन लोकतन्त्रका लागि सुहाउँदो नभएकाले भविष्यमा यस्ता व्यवस्था परिवर्तन हुनुपर्नेमा आयोगको ध्यानाकर्षण गराएको एमालेका महासचिव पोखरेलले जानकारी दिनुभयो । 

यस्तै चुनावको प्रचारप्रसार खर्चिलो नबनाउन सामाजिक सञ्जालको प्रयोग बढाउनुपर्ने र आयोगले पनि यो विषयमा विचार पुर्‍याउनुपर्नेमा एमालेले जोड दिएको छ । एमाले महासचिव पोखरेल, उपमहासचिव रिमालसहित आयाेग पुगेको टोलीले निर्वाचन आचारसंहिताका यी ६ वटा विषयमा असहमति राखेको छ– 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया