दैनिक ४ लाख थान मतपत्र छापिँदै

 चैत २४, २०७८ बिहीबार १६:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको चुनावका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । सुरुमा उच्च हिमाली र हिमाली जिल्लाका लागि मतपत्र छपाइकाे काम भइरहेको र क्रमशः पहाडी, तराई र सुगम जिल्लाका मतपत्र छापिने उहाँले जानकारी दिनुभयो ।

आयोगले स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने जनाएको छ । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको आयोगको भनाइ छ ।

यस्तै कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुँदा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाण्डाैकाे हुनेछ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया