कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्र बैङ्कक...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताउनुभएको छ ।
आज बिहीवार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नका लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिबद्धताका साथ काम गर्ने बताउनुभयो ।
मन्त्री बडूले जनताले राहत महसुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना पनि सुनाउनुभयो ।
सरकारले कानुन मन्त्रीमा अधिवक्ता गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि मन्त्री बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।