१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
कैलाली – नेपाली कांग्रेसलाई पनि सहभागी गराएर सुदूरपश्चिम सरकारको पुनगर्ठन भएको छ । कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो ।
कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ । यस्तै टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।
एकीकृत समाजवादीबाट मन्त्री भएका आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का र राज्यमन्त्री मनाकुमारी साउद मन्त्रीबाट हटेका छन् । एकीकृत समाजवादीले आर्थिक मामिला मन्त्री तारा लामालाई फिर्ता बोलाएर समाजवादीकै प्रकाश रावललाई आर्थिक मामिला मन्त्री बनाएको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्री जुनकुमारी चौधरी फिर्ता भएर उहाँको ठाउँमा समाजवादीका कुलबहादुर चौधरी नियुक्त हुनुभएको छ ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।