रसुवामा २० किलोमिटर इन्सुलेटेड केबल तानियो

 चैत २६, २०७८ शनिबार ११:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

रसुवा - नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटना न्यूनीकरणका लागि रसुवामा इन्सुलेटेड (एबीसी) केबल विस्तार गरेको छ । अहिलेसम्म २० किलोमिटर क्षेत्रमा केबल तानिएको प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा विद्युतीय दुर्घटनाको उच्च जोखिम भएका, वन क्षेत्र र विद्युत् चुहावट हुने क्षेत्रका नाङ्गो तार विस्थापन गरिएको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र विद्युतीय दुर्घटना न्यूनीकरणका लागि इन्सुलेटेड केबल आवश्यक रहेको नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा केबल विस्तारलाई प्राथमिकता दिएको केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । यसका लागि टेन्डर समेत जारी भइसकेको छ । अबको १० दिनभित्रमा काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।

रसुवा जिल्लालाई नाङ्गो ताररहित बनाउने अभियान चलिरहेको छ । अब विद्युत् विस्तार हुने क्षेत्रमा पनि एबीसी केबल तानिने प्राधिकरण कार्यालय रसुवाले जनाएको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया