बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरूलाई सधैँ प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले कुनै पनि सरकार व्यवसायबाट मात्रै उन्नति र प्रगतिमा जाने गरेको बताउँदै सरकारले उनीहरूलाई सधैँ प्रोत्साहित गर्ने नीति लिनुपर्ने बताउनुभएकाे हाे ।
नेपाल चेम्बर अफ कमर्सले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावना सबैमा पलाउने र देश समृद्ध हुने विश्वाससमेत व्यक्त गर्नुभयो । सभामुख सापकोटाले भन्नुभयाे, ‘संसारमा कुनै पनि सरकार व्यवसायबाट नष्ट भएको छैन । यो उन्नति र प्रगतिमा मात्रै जान्छ । त्यस कारण व्यवसायी, उद्यमी, चेम्बर अफ कमर्स जस्ता संस्थाहरूलाई जति प्रोत्साहित गर्न सक्यो सरकारलाई त्यति धेरै फाइदा हुन्छ । कहीँ–कतै नियमन भने गर्नुपर्ने हुन सक्छ ।’
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशको अर्थतन्त्र सञ्चारमाध्यममा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पार्नुभयो । उहाँले देशको अर्थतन्त्रलाई नयाँ ढङ्गले अघि बढाइ त्यसमा सफलता हात पार्न सक्षम हुनेछौँ भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।
मुख्य सचिव बैरागीले देशको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढी जोड दिएको पनि जानकारी गराउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।