नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वाणिज्य बैंकहरूले विभिन्न सामान आयातका लागि प्रतितपत्र अर्थात् एलसी नखोल्ने भएका छन् । आज आइतवार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएकोमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुकाे बैठकले औपचारिक रूपमै निर्णय गरेर एलसी नखोल्ने निर्णय गरेको हो । कम्तीमा एक हप्तासम्म विलासी वस्तु आयातका लागि एलसी नखोल्ने र थप निर्णय अर्को बैठकले गर्ने एक सीईओले बताएका छन् ।
राष्ट्र बैंकको मौखिक निर्देशन भएकाले यसअघि बैंकका केही शाखाले विलासी वस्तु आयातका लागि पनि एलसी खोल्दै आएकोमा अब बैंकर्स सङ्घले नै आधिकारिक निर्णय गरेकाले मोबाइल, रक्सी, फर्निचर लगायतका वस्तु आयातमा एलसी खोल्ने काम बन्द भएको छ ।
डलरको सञ्चिति घट्ने क्रम रोक्न राष्ट्र बैंकले यसअघि नै झन्डै एक हजार तीन सय प्रकारका वस्तु आयातका लागि एलसी खोल्दा पचासदेखि एक सय प्रतिशतसम्म नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । बैंकर्स सङ्घको आजको निर्णयले विलासी वस्तुको आयात कम हुने र डलर सञ्चितिमा केहि राहत हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।