विभिन्न क्षेत्रका थारू बस्तीमा माघीको चहलपहल शुरू
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायका रूपमा लिने मानिसहरू रहेका दाबी गर्नुभएकाे छ । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘देशको राजनीतिमा एक प्रकारको ध्रुवीकरण प्रारम्भ भएको छ । हामीले एउटा ध्रुवको नेतृत्व गरिराखेका छौँ । कांग्रेस, एमाले, माओवादीहरू एउटा कित्तामा छन् । राजनीतिलाई पेसा, व्यवसाय मान्ने, राजनीतिलाई ओढ्ने, ओछ्याउने, भान्छाको रूपमा उपयोग गर्न चाहनेहरू त्यतापट्टी छन् । राजनीति पेसा, व्यवसाय होइन, राजनीति देश सेवाको एउटा सर्वोत्तम माध्यम हो भन्ने ठान्नेहरू, देशलाई माया गर्नेहरू, भ्रष्ट्राचारविराेधीहरू हाम्रो कित्तामा बिस्तारै जोडिँदै छन् ।’
अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टीहरूले नेपाललाई असफल देशकाे बाटोमा धकेलिरहेको आराेप पनि लगाउनुभएकाे छ । ठूला पार्टीहरू नेपाललाई असफल देश बनाउने काममा एक अर्काको सहयोगी बनिरहेका अध्यक्ष लिङ्देनकाे भनाइ छ । उहाँले भन्नुभयो – ‘आज राप्रपाले कुनै एउटा पार्टीको मात्रै मुद्दा उठाएकाे छैन । देशको मुद्दा उठाएकाे छ । देश पूर्णरूपले एउटा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भयाे । देश हरेक दृष्टिकोणले एउटा असफल राष्ट्रको बाटोतर्फ जान लाग्यो । देशलाई असफल राष्ट्र बन्नबाट जोगाउनका लागि खासगरी ठूला राजनीतिक पार्टीहरूले र ठूलो नेता हुँ भन्नेहरूले पहल गर्नुपर्थ्याे । देशलाई असफल राष्ट्र बनाउने काममा उनीहरू एक–अर्काको सहयोगी जस्तो बन्न थाले ।’
कार्यक्रममा अध्यक्ष लिङ्देनले विभिन्न व्यक्तिहरूलाई राप्रपामा प्रवेश गराउनुभएको छ । आजकाे पार्टी प्रवेश कार्यक्रममार्फत डा. रामप्रसाद उप्रेती, सामाजिक अभियन्ताहरू ज्वाला संग्रौला र जिता बराल, पूर्व डीआईजी मन्दिप श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य रोहन राउत क्षेत्री लगायत गरी एक हजार २९ जना पार्टी प्रवेश गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।