पाेखराकाे मेयरमा एमालेबाट १२ जनाकाे नाम सिफारिस

 वैशाख २, २०७९ शुक्रबार १६:१२:३७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पाेखरा महानगरपालिकाकाे मेयर र उपमेयर पदका उम्मेदवार छान्नका लागि नेकपा एमालेले आकाङ्क्षी सबैकाे नाम सिफारिस गरेकाे छ । एमाले पोखरा नगर कमिटीले मेयरका आकाङ्क्षी १२ जना र उपमेयरका आकाङ्क्षी ९ जनाकाे नाम केन्द्रमा सिफारिस गरेकाे हाे । 

यसअघि केन्द्रीय कमिटीले एक पदमा बढीमा तीन जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएपछि सर्वसम्मतको प्रयास भए पनि सफल नभएपछि सबैको नाम सिफारिस गरिएकाे पोखरा नगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयाे । 

यसअघि तीन दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसकेपछि आज शुक्रवार मतदानबाट उम्मेदवारकाे नाम टुङ्ग्याउन लागिएको थियो । तर महानगर कमिटीले सबैको सहमति भन्दै मतदानलाई छाेडेर सङ्कलन भएका सबैकाे नाम जिल्लामा पठाउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयाे । 

एमालेबाट पाेखराकाे मेयरमा प्रदेश सांसदहरू कृष्णबहादुर थापा र राजीव पहारी, नेताहरू रश्मी आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, दर्शन लामा, दीपकबहादुर पौडेल, बालासिंह काउछा मगर र पुष्पराज अधिकारी आकाङ्क्षी छन् । उपमेयरमा टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी शोभामोहन पौडेल र वामदेव ढुंगानाले नाम दिएका थिए । उपमेयरमा यसअघि आकाङ्क्षी देखिएका बैनबहादुर अधिकारी क्षेत्री र हरिकला गुरुङले भने आज मनोनयन नै दिएनन् ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया