खोटाङको केपिलासगढीमा कांग्रेसका राई विजयी

 जेठ २, २०७९ सोमबार ९:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका समिर राई विजयी हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।

समिरले २ हजार २ सय ४४ मत पाउँदा माइतीराजले १ हजार ८ सय ८ मत पाउनु भएका निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिनुभयो ।

उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी हुनु भएको छ । उहाँले १ हजार ९ सय ८३ मत प्राप्त गर्नु भएको छ ।  उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेकी मैयाँ सुनुवारले १ हजार ७ सय ६१ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया