आज दिउँसाेदेखि तराईको हुस्सु हट्ने, पहाडका केही ठाउँमा बदली...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताउनु भएको छ ।
तत्कालीन शिक्षामन्त्री समेत रहनु भएका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरे पनि उहाँले नै आफू प्रधानमन्त्री रहेकै बेला सो पुस्तक सार्वजनिक गर्न रोक लगाउनु भएको बताउनु भएको हो । शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहनु भएको तर्क गर्नु भयो । उहाँले राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि ओलीलाई सचेत गराउनु भयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।
'वास्तवमा यो सदनमा प्रतिपक्ष दलको नेता केपी ओलीले प्रजातन्त्र र राष्ट्रियताबारे लामो प्रवचन दिनु भयो । मैले सुनिरहेँ । वास्तवमा दुई पटक संसद विघटन गर्नु भयो उहाँले । त्यो गल्ती कतै उहाँले स्वीकार गर्नु भएन ।' उहाँले भन्नु भयो, 'राष्ट्रियताको कुरा गरिरहँदा शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानी सम्बन्धि पुस्तकलाई उहाँले रोक लगाउनु भयो । एउटा कार्यदल बनाउनु भयो । एक पटक पनि बैठक राख्नु भएन । र, किताब किन रोकियो ? जवाफ पनि दिनु भएन । साच्चै प्रजातन्त्र र राष्ट्रियता तपाई पनि कठघरामै हुनुहुन्छ । राष्ट्रियता र प्रजातन्त्र र राष्ट्रियतालाई कुटनीतिक दाउपेचको विषय हुन सक्दैनन् भन्ने मलाई लाग्दछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।