अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - मनसुन नजिकिएसँगै दिनहुँजसो पानी पर्न थालेको छ । यसपालि समयमानै मनसुन भित्रने अनुमान गरिएको छ । तर मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यो समय तलमाथि हुन सक्छ । जुन महिना सुरु हुन तीन दिन मात्र बाँकी छ । जुन महिना नजिकिएसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरकाअनुसार प्रि-मनसुन अन्त्यतिर पुगेको छ । यसपालि प्रि-मनसुनमा धेरै पानी परेको छ । मार्च, अप्रिल र मे तीन महिनालाई प्रि मनसुन मानिन्छ । मे र अप्रिल महिनामा खासै पानी नपरे पनि मे लाग्ने बित्तिकै पानी पर्ने क्रम बढेको थियो ।
मे १ तारिख अर्थात वैशाख १८ गतेदेखि लगातारजसो पानी परिरहेको छ । प्रि-मनसुनमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षेत्रगत रुपमा पानी पर्ने हुन्छ भने मनसुन मेघगर्जन केही कम हुन्छ। तर, क्षेत्रगत रुपमा भन्दा पनि धेरै ठाउँमा लगातारजसो झरी पर्छ ।
मनसुनी गतिविधि सुरु हुँदै गरेकाले केही दिनयता बर्खा लागेजस्तो भएको छ । लगातारजसो पानी परिरहेको छ । अहिले पनि काठमाण्डौसहित वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का केही पहाडी क्षेत्रमा पानी परिरहेको छ । दिउँसो पनि यी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।