शिक्षामा झन्डै २ खर्ब रुपैयाँको बजेट, ६ कक्षासम्मका विद्यार्थीले दिवा खाजा पाउने

 जेठ १५, २०७९ आइतबार १७:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई पनि जोड दिएको छ । आर्थिक वर्ष २०७९/८० को लागि शिक्षाको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकातर्फ गरी झन्डै दुई खर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ७० अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएकाे छ । शिक्षा क्षेत्रतर्फ प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र पालिकामा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ । 

शिक्षामा पहुँच विस्तार गर्ने, तथ्य र विज्ञानमा आधारित शिक्षाको प्रवर्द्धन गरिने, प्रदेश र पालिकाकाे सहकार्यमा रोजगारीमूलक जीवनाेपयोगी शिक्षा प्रदान गरिने उल्लेख छ ।  शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसाययिक ज्ञान र सीप प्रदान गरिने बजेटमा उल्लेख छ ।

अहिले एक सय ४० वटा विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम थप एक सय वटा विद्यालयमा विस्तार गरिने उल्लेख छ । यस्तै मेडिकल शिक्षा अध्ययनमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न मेडिकल कजेल स्थापना गरिने बजेटमा उल्लेख छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आउँदो वर्ष एक हजार दुई सय विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गर्न आठ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ ।

दिवा खाजा कार्यक्रमलाई क्रमश कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यसहित आउँदो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिइने बजेटमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया