सत्ता गठबन्धन बैठक : जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय

 जेठ १६, २०७९ सोमबार १९:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ पाँच दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेको छ । आज सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले गठबन्धन देशको आवश्यक्ता भएकोले आवश्यक्ता पूरा नहोउन्जेलसम्म कायमै रहने बताउनुभयो । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक चुनाव हुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय भएकाे छ । आउँदा दिनमा देशकाे राजनीतिक स्थिरता, विकास र समृद्धिका विरुद्ध गठबन्धनको आवश्यक्ता रहेको कुरामा छलफल भएको छ । आवधिक चुनाव संविधानले परिकल्पना गरेको समयमा सम्पन्न हुनेछन् । देशकाे आवश्यकताअनुसार गठबन्धन छ र आवश्यकता रहुन्जेलसम्म गठबन्धन रहन्छ ।’

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पालिका चुनावका बारेमा बैठकमा छलफल भएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया