अमेरिकी डलरकाे भाउ आज पनि स्थिर
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटको मूल दिशा ठिक रहेको बताउनुभएको छ ।
आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता रिजालले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पाैडैललाई यस्ताे जवाफ दिनुभएकाे हाे । रिजालले ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका नेता रिजालले अघिल्लो वर्ष आफूले ल्याएको बजेटलाई हेरेर मात्रै आउँदाे आर्थिक वर्षको बजेटबारे टिप्पणी गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रहसमेत गर्नुभयो ।
अघिल्लो वर्ष सरकारले आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुन्छ भन्दा ठिक हुने तर अहिलेको सरकारले ८ प्रतिशत वृद्धि हुन्छ भन्दा आलोचना गर्न एमालेले नमिल्ने नेता रिजालकाे तर्क छ ।उहाँले भन्नुभयो, ‘बजेटको मूल दिशा ठिक छ । जस्तो आउनेपर्ने थियो त्यही आएको छ । अर्थमन्त्रीले ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याउनुभएको छ ।पोहोर साल उहाँ (विष्णु पाैडेल) ले बजेटको विवरण संसद् होइन संसद् बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यस बेला ६ दशमलव ५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभएकाे थियाे । कोभिडले थलिएको थियो देश । खोप लगाउनु सुरु पनि गरिएको थिएन । आज ८ प्रतिशत भन्दा उहाँलाई अचम्म जस्तो लाग्यो । मैले यति भन्छु– भूमिका बदलिएको छ ।’
नेता रिजालले एमालेको भूमिका सत्ता पक्षबाट प्रतिपक्षमा बदलिएकाे तर बजेटको प्राथमिकता भने नबदलिएको बताउनुभयो ।
यसअघि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले २०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताउनुभएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।