स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरामा मेराे समर्थन छैन : सांसद पाेखरेल

 जेठ १९, २०७९ बिहीबार १३:४७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कामलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गर्नुभएको छ । 

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेकाे आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद पोखरेलले यस्ताे बताउनुभएकाे हाे । स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकोले कम्पनीलाई दिन नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरामा मेराे समर्थन छैन । म याे निर्णयलाई पुनरावलोकन गर्न आग्रह गर्दछु । यो नाफा र नोक्सानकाे कोणबाट आएको होइन । यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको कुरा हो । यसको लाइन स्वास्थ्य मन्त्रालय नै हो । यसलाई अर्थतिर लैजान खोजिएको जस्तो बुझिएको छ । यसमा म समर्थन गर्न सक्दिनँ । स्वास्थ्यको बजेट अहिलेकाे आवश्यकताअनुसार पुगेको छैन । बजेट छुट्याउँदा पालिका र प्रदेशलाई ध्यान दिएर काम गरौँ ।’

सांसद पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई 'सेन्टर फर एक्सिलेन्स' को रूपमा अघि बढाउने कुरा सकारात्मक रहेको बताउनुभयो । उहाँले सबै विश्वविद्यालयहरूको पुनर्संरचना गर्नुपर्ने र साझा सूचीमा परेका विश्वविद्यालयहरूलाई प्रदेश र सङ्घले कुन–कुन हेर्ने भन्ने कुरा छुट्याउन आवश्यक रहेको पनि बताउनुभयो । 

सांसद पाेखरेलले बजेटले सार्वजनिक शिक्षाको सबलीकरणको मुद्दालाई व्यावहारिक ढङ्गले अगुवाइ गर्न नसकेको उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया