रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल उद्योग परिसङ्घले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गर्दै 'समर टुरिजम क्याम्पेन' चलाएको छ ।
आज बिहीवार परिसङ्घले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै भारत र बङ्गलादेशमा रहेका प्रकृतिप्रेमीहरूलाई नेपाल घुमाउन 'समर टुरिजम क्याम्पेन' सुरु गरेको हो । गर्मीलाई लक्षित गर्दै परिसङ्घले भारतमा ‘गर्मीसे बेहाल ? चलो नेपाल’ अभियान थालेको हो । उस्तै शब्द बङ्गलादेशमा पनि चलाइने परिसङ्घले जनाएकाे छ ।
परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ पछि भारतीय र बङ्गलादेशीसहित अन्य देशका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरूलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले अहिले भारत र बङ्गलादेशमा निकै गर्मी रहेको र गर्मी मौसममा उनीहरू बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास लिएको बताउनुभयो ।
त्यस्तै नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले भारत र बङ्गलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बङ्गलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिडका कारण बाहिर निस्किन नसकेका पर्यटकहरूले यसको लाभ लिने बताउनुभयो ।
परिसङ्घका महानिर्देशक दीपकराज जोशीले भारत र बङ्गलादेशमा रहेका परिसङ्घको नेटवर्कबाट पनि यो अभियान प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले नेपाल पर्यटनका लागि उचित र राम्रो गन्तव्य रहेको बताउँदै अहिले देशका सबै ठाउँ खुलेको भन्दै पर्यटनमा सहज हुने बताउनुभयो ।
परिसङ्घले भारतमा अल इन्डिया एसाेसिएशन अफ इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, पीएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बङ्गलादेशको मेट्रोपोलिटन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग पनि परिसङ्घले सहकार्य गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।