नेपाल–भारत उर्जा सचिवस्तरीय बैठकमा अन्तरदेशीय ठूला प्रसारणलाइ...
माघ ३०, २०८१ बुधबार
रसुवा - रसुवामा गएरातिदेखि नै विद्युत् सेवा ठप्प भएको छ । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि जिल्लाको पूरै भागमा विद्युत् सेवा बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार जिल्लाको कालीका गाउँपालिका–३ मा रहेकाे कटुञ्जेमा रहेको ३७ नम्बर टावरमा समस्या आएको हो ।
विद्युत् आपूर्तिमा समस्या आएपछि काठमाण्डाै ग्रिड महाशाखाबाट मर्मत टोली आउने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीका अनुसार मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने छ ।
जिल्लाको आधा भागमा नुवाकोटको लाइन जोडेर विद्युत् सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । ६६ केभी लाइनको मर्मत गर्नका लागि मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ ।
जिल्लाको तल्लो भेगमा केही समयमा नै विद्युत् आपूर्तिको व्यवस्था मिलाइने छ । जिल्लाभरि नै आपूर्तिको व्यवस्था मिलाउन भने समय लाग्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।