एसियन कप छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजित

 जेठ २९, २०७९ आइतबार ६:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग ४–१ गोलले पराजित भएको छ ।

गएराति कुवेतको जाबिर अल अहमद मैदानमा भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलले पराजित भएको हो । घरेलु टोलीका युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै, फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक/एक गोल गरे ।

नेपालका दर्शन गुरुङले एक गोल फर्काए । नेपालको लगातार यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अङ्कविहीन छ । हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।

कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेत इन्डोनेसियासँग पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा पर्सि जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

यसैबीच कुवेतसँगको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया