धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो ।
मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ ।
लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती पाइरहेका छन् । अहिले पनि यी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बिहान लुम्बिनी प्रदेशका एक/ दुई ठाउँमा पनि पानी परेको छ ।
अहिले पानी नपरेका ठाउँमा दिउँसो पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश-१, मधेस प्रदेशका धेरै ठाउँ तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।