भारतीय कप्तान राेहित शर्मा काेराेना सङ्क्रमित

 असार १२, २०७९ आइतबार १४:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

टेस्ट क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको र इङ्ल्यान्डसँगको खेल गुमाउन सक्ने शङ्का गरिएको क्रिक इन्फोले जनाएको छ । रोहित अहिले होटलको आइसाेलेशनमा रहेका छन् । 

इङ्ल्यान्डमा लेस्टरसायरसँगको अभ्यास खेलको तेस्रो दिन आज गरिएको परीक्षणमा रोहितमा सङ्क्रमण पुष्टि भएको र आउँदो जुलाई १ तारिखदेखि हुने टेस्टमा सहभागी नहुने सम्भावना रहेको खबरमा उल्लेख छ । यसअघि रविचन्द्रन आश्विनमा पनि कोरोना देखिएपछि उनको इङ्ल्यान्ड भ्रमणमा ढिलाइ भएको थियो । 

गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना देखिएपछि स्थगित भएकोले त्यति बेला बाँकी रहेको एक खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ । भ्रमणको क्रममा तीन खेलको टी–२० शृङ्खला पनि हुनेछ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया