चाडपर्वको मुखमा खाद्य संकट !

 असोज ७, २०७५ आइतबार १४:१५:५० | राजु लामिछाने
unn.prixa.net

फाइल तस्बिर

रुकुम पुर्व  – चाडपर्व नजिएको बेला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खाद्य संकट देखिएको छ ।

गएको भदौ महिनामा चलेको हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि  खाद्य संकट भएको स्थानीयवासीले बताएका छन् । जिल्ला समन्वय समिति रुकुमका प्रमुख गजेन्द्रबहादुर ओलीका अनुसार पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट, हुकाम लगायतका गाँउमा सबैभन्दा बढी खाद्य अभाव रहेको छ । 

ती गाँउमा हावाहुरीले पुरै मकै नष्ट गरेको छ । हिमाली क्षेत्र भएकोले त्यस ठाँउमा धान उत्पादन नहुने र मकैबाली मुख्य बाली भएकोले त्यही पनि हावाहुरीले नष्ट भएपछि खाद्य अभाव भएको प्रमुख ओलीले बताउनुभयो ।

यस्तै वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट खाद्य भित्र्याउन नसक्दा खाद्यको संकट देखिएको छ । नेपाल खाद्य संस्थानलाई खाद्यन्न उपलब्ध गराइदिनका लालि अनुरोध गरिरहेको ओलिले बताउनुभयो ।

उहाँका अनुसार, जिल्लामा खाद्यको डिपो सदरमुकाम रुकुमकोट र पुथाउत्तरगंगाको वडा नं १२ मा राख्न माग गरिएको छ । ‘सकेसम्म अन्य ठाँउमा राख्नका लागि माग गरिएको छ’, ओलीले भन्नुभयो, ‘यदी सकिँदैन भने तत्कालको लागि २ वटा डिपो, एउटा सदरमुकाम रुकुमकोटमा र अर्को पुथाउत्तरगंगाको वडा नं १२ मा माग गरिएको छ ।’

रुकुम पश्चिमको गोदाममा चामल थन्कियो 

यता रुकुम पश्चिमको सदरमुकाममा रहेको  खाद्य संस्थान रुकुम शाखामा चामल थन्किएको छ । रुकुम पश्चिम र रुकुम पूर्वको काम सम्हालेको त्यस संस्थानमा अझै पनि ३ सय ९३ क्विन्टल चामल मौजात रहेको खाद्य संस्थान रुकुमका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो ।

उहाँले ढुवानीको लागि सडक बन्द हुँदा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खाद्य संकट देखिएको हो । गाँउपालिकाले ढुवानीको व्यवस्था गरी पश्चिमको गोदामबाट चामल लिन सक्ने संभावना हुँदा हुँदै पनि पहल नभएको स्थानीयको दुखेसो छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया