उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपन गुमाउने सम्भावना बढेको छ । कोरोनाविरुद्धको खोप लगाउन अस्वीकार गर्दै आएका जोकोभिचले खोपकै कारण यूएस ओपन पनि खेल्न नपाउने सम्भावना बढेको बीबीसीले जनाएको छ ।
अमेरिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिएको छ तर जोकोभिचले खोप लगाउन अस्वीकार गर्दै आएका छन् । जोकोभिचले यसअघि तीन पटक यूएस ओपनको उपाधि जितेका छन् ।
यूएस ओपन आयोजकले खोपको विषयमा अमेरिकी सरकारको नियमको सम्मान गर्ने बताएसँगै जोकोभिचले प्रतियोगिता गुमाउने सम्भावना बढेको हो । खोप नलगाएकै कारण उनले यसै वर्षको सुरुमा अस्ट्रेलियन ओपन पनि गुमाएका थिए । भर्खरै विम्बल्डनको उपाधि जितेका जोकोभिचलाई यूएस ओपनको पनि दाबेदार मानिएको थियो ।
जोकोभिचले केही राम्रा समाचारको आसा गरिरहेको बताएका छन् । तर उनले खोप लगाउने या अमेरिकासँग प्रवेशका लागि आग्रह गर्ने भन्नेबारेमा खुलाएका छैनन् । यूएस ओपन आउँदो अगस्ट १९ देखि सेप्टेम्बर ११ तारिखसम्म आयोजना हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।