विद्युतीय व्यापारसम्बन्धी विधेयक उद्योग समितिबाट पारित
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरू रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो । ऐन बनाउँदा कुनै कमजोरी हुन नहुने पनि उहाँले बताउनुभयो । नागरिकतासम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको भन्दै विवादको बीचमा पारित हुने खतरा रहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनै पनि ढङ्गले लुज काम गर्नु हुँदैन । यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञ, नेपालका पार्टीहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । याे नागरिकता विधेयकमा केही गम्भीर प्रश्नहरू छन् । यस्ता कुरामा राष्ट्रिय सहमति हुनु अत्यावश्यक छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले याे विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।