काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने र ताइवानका लागि हुने हवाईजहाजका उडान रद्द भएका छन् । सैन्य अभ्यासका कारण आज बिहीवार ५० भन्दा धेरै उडान रद्द गरिएको ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
ताइवान जाने २६ र ताइवानबाट प्रस्थान गर्ने २५ वटाभन्दा धेरै उडान रद्द भएका छन् । कोरियन र एसियाना एअरलाइन्सले अर्को सूचना जारी नभएसम्मका लागि ताइवानमा हुने उडान रद्द गरेका छन् ।
चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । उसले कैयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ भने अत्याधुनिक हतियार र उपकरणको पनि प्रयोग भएको छ ।
चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले गएकाे मङ्गलवार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित छ । चीनले आगोसँग खेल्नेहरूको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।