एन्फा महिला लिगमा एपीएफ क्लब र कोशी प्रदेश तथा त्रिभुवन आर्मी ...
असोज ४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन सबैलाई आग्रह गर्नु भएकाे छ ।
पार्टीको प्रदेश कमिटी १ ले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले यस्ताे आराेप लगाउनु भएकाे हाे ।
कार्यक्रममा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरुपी बञ्चरोको बिडको संज्ञा दिनु भएको छ । दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो ।
कार्यक्रममा बोल्दै उहाँले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको जिकिर समेत गर्नु भयो।
अध्यक्ष ओलीले भन्नु भयो, ‘संघीय चुनाव र प्रदेश सभाको चुनाव मंसिरमा एकैचोटी हुँदैछ । बञ्चरो लिएर ढाल्न थालेछन एउटा रुख काटेर । वरतिर, परतिरको रुखहरु बर्बर आँशु झारेर रुन थालेछ । अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको ? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ । अब ८ अर्ब वर्षपछि केही बीचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ । बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउँ, सोझो हेर्ने अवस्था पनि थिएन । यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन ।'
कार्यक्रममा विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उहाँको जिकिर थियो । ओलीले पार्टीविना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने तर्क समेत गर्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धिरज देवकोटा
Aug. 6, 2022, 10:34 p.m.दुई तिहाई को बहुमत लिएर पार्टी मिलाउन न सक्ने देशलाई बन्धक बनाउने नालाएक हरुले उखान तुक्का कै भरमा देश सधैभर चली हाल्छ भन्ने भ्रममा बस्नुको साँटो पशुपति मा गएर घन्टा बजाउदै बसे भैगो । अब नयाँ लहर चली सक्यो थामिदैन । यो युवा हरुको हुरिले तिम्रा पार्टी का टिनटप्पर उडाएर मसानघाट पुर्याएरै छोडने हो ।