प्रदेशहरुको बजेट खर्च निराशाजनक : ६ महिनाको प्रगती १६ प्रतिशत मात्रै

 माघ २६, २०८१ शनिबार १५:१२:५६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चालू आर्थिक वर्षको छ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार अहिलेसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ ।

कुल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले गएको पुस मसान्तसम्ममा ४५ अर्ब नौ करोड ३८ लाख रुपैयाँ बराबर मात्रै खर्च गरेका हुन् । सबैभन्दा कमजोर देखिएको मधेस प्रदेशको बजेट खर्च पाँच दशमलव ६१ प्रतिशत मात्रै भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशले १४ दशमलव ८२ प्रतिशत, कर्णाली प्रदेशले १५ दशमलव १४ प्रतिशत र कर्णाली प्रदेशले १५ दशमलव १२ प्रतिशत खर्च गरेको छ । लुम्बिनी र गण्डकी प्रदेशले ६ महिनामा कुल बजेटको समान् १९ दशमलव ३६ प्रतिशत खर्च गरेका छन् ।

सबैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमती प्रदेशले १६ दशमलव २७ प्रतिशत खर्च गरेको छ । कोशी प्रदेशको बजेट खर्च तुलनात्मक रूपमा सबैभन्दा राम्रो देखिएको छ । पुस मसान्तसम्ममा कोशी प्रदेशले २४ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ ।

मधेस र लुम्बिनीबाहेक सबै प्रदेशले चालू आर्थिक बर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए । तर कुनै पनि प्रदेशले यो शीर्षकको बजेट खर्च गर्न सकेका छैनन् । वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ । 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया