ग्वार्कोमा निर्माणाधीन ओभरपासको काम एक महिनापछि पुनः शुरु

 माघ २६, २०८१ शनिबार १५:६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको काम एक महिनापछि पुनः शुरु भएको छ । सडक विभागले काम गर्ने वातावरण नभएको भन्दै पुस १८ गतेदेखि  निर्माण व्यवसायीले काम ठप्प पारेका थिए । एक महिनासम्म रोकिएको काम पुनः शुरु भएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले बताउनुभयो ।

२०७८ सालको फागुनदेखि दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिए पनि अहिलेसम्म सकिएको छैन । शुरु सम्झौताअनुसार २०८० साल फागुन १२ गते भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपिएको थियो । फेरि पुस ९ गतेसम्म काम नसकिएपछि पुस १० देखि जरिवाना लगाएर काम गराइएको हो ।

आवतजावतको संरचनासहित पाँच सय ४० मिटर लामो ओभरपास बन्नेछ । ओभरपास निर्माणको काम अहिलेसम्म ८२ प्रतिशत सकिएको सडक विभागले जनाएको छ । ओभरपास निर्माणको काम समयमै नसकिँदा ग्वार्को चोकको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको छ । 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया