शेयर बजार १० अङ्कभन्दा धेरैले बढ्यो, २ अर्ब ६७ करोड रुपैयाँको कारोबार

 साउन २२, २०७९ आइतबार १५:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ । दिनभर तलमाथि भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अङ्कले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ । 

आज जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय १९ वटा कम्पनीकाे ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे १३ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तेह्रथुम पावरको साढे नौ प्रतिशत र उपकार लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । नयाँ सारथी लघुवित्त, साम्लिङ पावर र ग्रामीण विकास लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया