उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - पहिलो टी–२० क्रिक्रेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित भएको छ ।
जमैकाको साविना पार्कमा बिहान सकिएको खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको हो । न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनाउन सक्यो ।
वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए ।
न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ तथा ट्रेन्ट बोल्ट, टिम साउथी, इश सोधी र लक्कि फकुर्सनले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७ रन जोडे भने डिभेन कन्वेले ४३ रन बनाए ।
जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए । यस्तै, ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६/१६ रन बनाए । वेष्ट इन्डिजका ओडेन स्मिथले ३ तथा जासन होल्डर र ओबेड म्याकोईले समान १/१ विकेट लिए । दुई टोलीबीचको दोस्रो टी–२० खेल पर्सि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।