नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे बस चितवनमा पल्टिँदा २३...
माघ २७, २०८१ आइतबार
काठमाण्डाै - सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिनेको चाप बढेपछि वाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले कोटा थप गरेको छ।
आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै आजदेखि आवेदन दिन सकिने सङ्ख्या बढाइएको हो।
मन्त्रालयले गएको असार २८ गते तोकिएको कोटामा १ हजार २ सय १५ जना थप गरी ३ हजार ६ सय ७५ पुर्याएको यातायातमन्त्री घनश्याम दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिचौलियाले चलखेल गर्न नपाउन् भनेर दिउँसो साढे ४ बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ । यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार २ सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ ।
ललितपुरको एकान्तकुना, काठमाण्डौको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौँडा कार्यालयमा दिउँसो साढे चार बजेदेखि लागू हुने गरी आवेदन सङ्ख्या बढाइएको हो । सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ । वाग्मती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।