१७ वर्षमुनिकाे प्रशिक्षणबाट १५ जना खेलाडी बाहिरिए

 साउन २७, २०७९ शुक्रबार १८:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू–१७ च्याम्पियनशिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ जना खेलाडी बाहिरिएका जनाएको छ । 

बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ जना बाहिरिएका एन्फाले जनाएको हो । अब प्रशिक्षणमा ३० जना खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ । 

यससँगै अब यू–१७ को बन्द प्रशिक्षणमा ३० जना खेलाडीमात्र रहेका छन् । श्रीलङ्कामा सेप्टेम्बर ५ मा आयोजना हुने साफ यू–१७ च्याम्पियनशिपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्स छन् । 

यस्तै यू–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया