गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

 साउन २८, २०७९ शनिबार ११:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ गोसाइँकुण्ड तीर्थबाट घर फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

मेला सकेर घर फर्कने क्रममा हिजो लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

नुवाकोट ककनी गाउँपालिका–८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका–११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने १० वर्षीय निर्जीव दुवाडीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको टोलीले उनीहरुलाई पिठ्यूँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको स्वास्थ्यमा सुधार आएको र पछि आफन्तको जिम्मा लगाएर पठाइएको थियो । जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ रसुवाको गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार गोसाइँकुण्ड गएका केही सामान्य बिरामी भएका थिए । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार यसवर्ष झण्डै १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी गन्तव्यतर्फ फर्किन थालेका हुन् ।
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया