निहारिकालाई भेटेपछि बालेनको प्रतिक्रिया – ‘यो अत्ति भयो, कानुनी राज्य यस्तो हुँदैन’

 साउन २८, २०७९ शनिबार १५:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेट्नुभएको छ । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेट्नुभएको हो ।

साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको छ, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

आफू बलात्कारमा परेको भन्दै निहारिकाले न्याय मागेर महिनौँदेखि आन्दोलन गर्दै आउनुभएको छ । निहारिकाको छोरी पनि छ तर विवाह नहुँदै बलात्कारमा परेर छोरी जन्मिएको भन्दै उहाँले डीएनए परीक्षणको माग गर्नुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय अघि  शरिरमा पेट्रोल छर्केर आत्महत्या गर्ने कोसिस गरेकी निहारिकालाई प्रहरीले पक्राउ गरेको छ । निहारिकाको अहिले उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुर्यsus

    Aug. 13, 2022, 6:35 p.m.

    जनतालाई राज्यमा कानुन ब्यबस्था र न्याय छ भन्ने अनुभुती गराउन जरुरि छ सरकारले नत्र ठुलै दुर्घटनामा पर्न सक्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया