गणतन्त्रमा जाने निर्णय मेराे नेतृत्वमा भएकाे हाे : अध्यक्ष नेपाल

 भदौ १९, २०७९ आइतबार १५:४०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ । 

आज आइतवार काठमाण्डाैमा आयोजित 'समाजवादको नेपाली मार्गचित्र' विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर त्याे आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभएको हो । गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो । कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भए पनि त्यहाँभित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्याे । हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍याे । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटवलबाट आन्दोलनको नेतृत्वका गरेका थियौँ ।’

अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै देशमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिस्टहरूले कहिल्यै पनि भुल्न नहुने पटक–पटक दोहोर्‍याउनुभयो । 

कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले चुनावमा भाग लिइ जितेर देखाउन पनि नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलालाई चुनौती दिनुभयो । चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बाँस्तोलाले नमिल्ने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बीरबहादुर तामाङ बा.प्र.कमिटि सदस्य

    Sept. 4, 2022, 4:16 p.m.

    समाज बादि गणतन्त्र हुनु पर्छ तर तीन तहकाे संघात्मक बाेझिलाेलसंरचनाका कारण गणतन्त्र अशफल पार्न सक्ने छ।जनताकाे नजरमा बहुदलिय कार्यकर्ता भर्तिकेन्द्रकाे रुपमा हेरेका छन्। त्यसैले २ तहकाे निकाय गठनगरि सांसद संख्या घटाउनु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया