फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र क्लब र झापा–११ खेल्दै
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ ।
नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाण्डौ फर्किने मन्त्रालयले जनाएको छ । काठमाण्डौ–कराची एकतर्फी उडान समय पौने तीन घन्टा हाराहारीको रहेको नेपाल एअरलाइन्सका प्रवक्ता लम्सालले बताउनुभयो ।
अघिल्लो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानका लागि दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्रालयले निगमको वाइडबडी विमान चार्टर्ड गरेको हो ।
बितेको दुई महिनादेखिको वर्षाका कारण आएकाे बाढी पहिरोले पाकिस्तानमा १ हजार ४ सयभन्दा धेरैको ज्यान गइसकेको छ । झण्डै एक तिहाइ भुभाग डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।