उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा पाकिस्तानले सान्त्वना जित निकालेको छ ।
दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई सात–शून्य गोलले हरायो । पाकिस्तानकी नदीया खानले चार गोल गरिन् । यस्तै रमिन फारिद, खाडिजा काज्मी र अनमाेल हिराले एक–एक गाेल गरे ।
समूह 'ए' मा रहेका दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । यो समूहबाट भारत र बङ्गलादेश अन्तिम चारमा पुगेका छन् । भारत र बङ्गलादेशबीच आजै बेलुका साढे ५ बजे खेल हुँदैछ । याे खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
समूह 'बी' बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।