आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

 भदौ ३०, २०७९ बिहीबार ७:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, मौसमविद्ले सडक र हवाईमार्ग हुँदै यात्रा गर्दा मौसमबारे जानकारी लिन पनि सुझाव दिएका छन् ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया