बुटवललाई हराउँदै डडेल्धुरा अर्जुन ट्रफी क्रिकेटको फाइनलमा
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।
नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने नेता खनालको तर्क थियो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीति लामै समय रहने जिकीर समेत गर्नुभयो । अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै सम्मानित नेता खनालले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताउनु भयो ।
आगामी चुनावमा पनि एकल बहुमत ल्याउन व्यावहारिक कठिनाइ भएकाले दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेको पनि उहाँले स्मरण गराउनु भयो । खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरुबीच गठबन्धन भएरै करिब दुई तिहाईको जनमत आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अब सुरु भयो हेर्नुस् । यो लामै समय जारी रहन सक्छ । म एकल बहुमत ल्याउछु । र, एकल सरकार बनाउँछु भन्ने कुरा अलि दुर्लभ छ नेपालको लागि । हामीले जुन खालको संविधान बनाएका छौं । हाम्रा आकांक्षा चाँही छन हेर्नुुस् । बहुमत हामी ल्याउँछौं भन्ने आकांक्षा चाँही छ । तर, त्यो आकांक्षाले मात्रै काम गर्दैन । व्यवहारिकतामा त्यो निकै कठिन छ । नेपालमा ठूल्ठूला प्रगति गठबन्धनबाटै भएका छन । २००७ सालको पनि सबै पार्टी मिलेर भएको हो । २०४६ सालमा पनि सबै पार्टी मिलेरै हो । ०६२/६३ मा पनि सबै पार्टी मिलेर परिवर्तन सम्भव भएको हो । अनि, संविधान बनाउँदा पनि सबै पार्टी मिलेर बनाइएको हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।