लुम्बिनीले विराटनगरलाई दियाे १ सय ९२ रनकाे लक्ष्य
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – कमाउन परदेश गएकाहरू सकेसम्म चाडबाडका बेला स्वदेश फर्किने प्रयास गर्छन् । तर सोचेजस्तो हुँदैन । कतिलाई कम्पनीले बिदा दिँदैन त कतिपयलाई चाडबाडकै बेलामा विदेश उड्नु पर्ने बाध्यता पनि हुन्छ । कतिपय श्रमिक भने आफ्नै समस्याले गर्दा मनले चाहे पनि स्वदेश फर्कन सक्दैनन् । यस्तो अवस्थामा आफू स्वदेश हुँदा मनाएको दशैँसम्झँदै मन बुझाउन पर्ने हुन्छ ।
यसै पनि परदेश लागेपछि घरमा जस्तो चाडपर्व मनाउन सम्भव हुँदैन । एक त परिवारसँग टाढा रहनुपर्दा मनले मान्दैन । तर पनि साथीभाइ मिलेर यसो पीडा भुलाउने कोसिस भने गर्छौ । तर परिवारभन्दा टाढा रहेर जति नै जे गरे पनि मन खल्लो हुन्छ ।
घरमा ठुलाबडाबाट टीका निधारमा लगाएर आशीर्वाद थप्नुको खुसी भिन्नै हुन्छ । आफूभन्दा सानालाई आशीर्वाद दिँदाको क्षण सम्झँदा पनि मन फुरुङ्ग हुन्छ । घरमा छँदा मनाइने दशैँकाे रमाइलोलाई परदेशको कुनै पनि कुरासँग तुलना गर्न सकिँदैन । तर के गर्नु परिस्थिति जस्तो भए पनि चित्त बुझाउनु बाहेक अन्य विकल्प हुँदैन परदेशीसँग ।
मेरो नेपालको घर सिराहा हो । सबैभन्दा पहिला त सबै जनालाई बडादशैँकाे शुभकामना । विदेशमा नेपालमा जस्तो दशैँ हुँदैन । चाडबाड मनाउन गाउँ जान्छु भनेर कोसिस गर्दा गर्दै पनि सधैँ सम्भव नहुने रहेछ । नेपालमा छुट्टै रमाइलो हुन्छ । साथीभाइसँग भेट्न, परिवारसँग बस्ने । साथीभाइहरू कहाँ कहाँबाट आउनुभएको हुन्छ ।
सबैजसोलाई भेट्ने यही मौका पनि हो । तर के गर्नु आफ्नो दुःख टार्न परदेशी हुनै पर्यो । देशमा हुँदाको रमाइलो सम्झँदा त अहिले परदेशमा आशु नै झर्छ । चाडबाडका बेलामा घर परिवारको सम्झनाले असाध्यै सताउँछ ।
परिवारबाट टाढा भएर परदेशमा काम गर्दा अलिअलि पैसा कमाए पनि मन भने परिवारको साथमा हुँदाजस्तो खुसी हुँदैन । पलपल कठिन हुन्छ । दशैँमात घर आउन सकिनँ । अब छटमा जाने कोसिसमा छु ।
देशमा दशैँकाे रौनक सुरु भएपछि मलाई परदेशमा रहेर निधार भरी लगाएको टीकाको याद आउँछ । स्वदेशमा मनाइने दशैँ भनेको परिवारको खुसी हो । परदेश लाग्नुभन्दा पहिला मानेको दशैँ सम्झने हो भने आँखा रसाई हाल्छन् ।
मरुभूमिमा बस्ने हाम्रो आफ्नै बाध्यता हुँदो रहेछ । तर गाउँमा छदा जब दशैँ आउँछ तब नवदुर्गा भवानीको पूजा दशमीको दिन सबै जना भेला भएर लगाएको टीका र जमराको स्थान त यहाँ कमाएको हजारले कहाँ लिन सक्छ र । तर घरको चुलो बाल्नकै लागि भए पनि परदेसिनु पर्ने बाध्यता छ । तर यहाँ मैले पसिना बगाउँदा परिवारमा छाएको खुसी हेरेरै चित्त बुझाउँछु ।
हामी आफ्नो गाउँ ठाउँ छाडेर परदेश रहरले हैन बाध्यताले नै आएको हो । जब देशमा चाडबाड आउँछ तब परदेशमै भए पनि दशैँका सम्झना आँखै भरी मनै भरी नाच्छ ।
दशैँ आयो भन्दै खसी बोका काटेको, जमरा टीका लगाएर गाउँमा ठुलाबडासँग आशीर्वाद लिएको अनि आफूभन्दा सानालाई टीका लगाइदिएर दक्षिणा दिएको त्यो क्षण अहिले सम्झँदा पनि खुब रमाइलो लाग्छ । कान भरी जमरा, निधार भरी टीका लगाएर अब फेरि कहिले गाउँ गाउँ डुल्ने होला । सम्झँदा पनि अत्यास लाग्छ ।
हुन त ज्यान यति बेला खाडीको देश कतारमा छ । यहाँ न दशैँ छ न त कुनै रौनक । तर सामाजिक सञ्जाल हेर्दा मन भने गाउँघरमै पुगेको छ । दशैँमा घर आउन नपाउँदा मन दुखेको छ । तर बाध्यताले सधैँ आफ्नो इच्छा चाहना पूरा हुन नदिने रहेछ ।
परदेश लागेदेखि नै आफूले चाहेको बेलामा घर जान पाएको छैन । त्यसैले पनि जब चाडबाड आउँछ तब गीत सुन्छ । गीतको मिठो धुन र शब्दले पनि गाउँघरमै पुर्याउँछ । घरमा दशैँ मनाउँदा डालाभरि सेल रोटी ,अर्सा झिनिया, चीनी रोटी र विभिन्न परिकार पाक्थें ।
साथमा पक्कु लगाएको मासु पनि हुन्थ्यो । खानेकुरा सँगसँगै अर्को महत्त्वपूर्ण कुरा भनेको परिवारसँगै हुनु हो । यहाँ त साथीभाइ यसो मिलेर रमाइलो गरे पनि देशमा भएजस्तो कहाँ हुन्छ र । तर पनि रमाएजस्तो गर्नुबाहेक हामी परदेशीसँग विकल्प नै के हुन्छ र ।
प्रस्तुती : नारायण कोइराला ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramesh Pandey
Sept. 28, 2022, 8:25 p.m.Thank you information share gardinu vayeko ma..Ujyalo Midea ani Narayan Koirala ji...