जुम्लाका ३ वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग

 असोज २७, २०७९ बिहीबार १४:५:१ | नेत्र शाही
unn.prixa.net

जुम्लाकाे कनकासुन्दरीमा पहिराेले भत्किएकाे घर । तस्बिर : नेत्र शाही

जुम्ला – जुम्लामा बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पुर्‍याएकाे तीन वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बिहीवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जुम्लाका कनकासुन्दरी, हिमा र सिंजा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै सङ्घीय सरकारलाई राहत, उद्धार र पुनर्स्थापनाका लागि आह्वान पनि गरेको हो । 

समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जिल्लाका तीन वटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । 

यसैबीच बाढी र पहिरोले जुम्लामा एक हजार ६ सय ७५ जना विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार बाढी र पहिरोबाट तीन सय १६ वटा घर पूर्ण क्षति भएको छ । यस्तै चार सय ४० वटा घर उच्च जोखिममा रहेका छन् भने सात सय २६ वटा घरमा आंशिक क्षति भएको छ । प्रशासन कार्यालयका अनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म १० जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

गएको असोज १९ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीले कर्णाली राजमार्ग अझै बन्द छ । जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक खुलाउने काम भइरहेको प्रशासन कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया