डिग्रे मेलाबाट १४ लाख ७१ हजार रुपैयाँ सङ्कलन

 कात्तिक २५, २०७९ शुक्रबार १३:३७:१२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा यस वर्ष लागेको मेलाबाट १४ लाख ७१ हजार चार सय ५० रुपैया सङ्कलन भएको छ ।

हरिबाेधनी एकादशीदेखि पूर्णिमासम्म गरेर पाँच दिन लागेको मेलामा आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटी, बलि चढाएको बोकाको टाउको मूल्य, होटल सञ्चालन र पिङ सञ्चालनबापत मन्दिर व्यवस्थापन समितिले १४ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको हो । 

मेलाको तीन दिनमा बलि चढाइएका एक हजार ६१ बोकाको टाउको बिक्रीबाट ६ लाख ६४ हजार सात सय ८०, होटल स्टल बिक्रीबाट एक लाख ४१ हजार दुई सय, पिङ सञ्चालनबाट २७ हजार रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । त्यसैगरी मन्दिरमा पूजापाठ गर्न आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटीबाट छ लाख ३५ हजार नाै सय ७० रुपैयाँ सङ्कलन भएको छ ।

यसरी सङ्कलन भएको केही रकम मेला व्यवस्थापनमा खर्च हुने गरेको बताइएको छ । मेला कात्तिक १८ गतेबाट २२ गतेसम्म लागेको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया