काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
युक्रेनको खेहर्सन सहरमा रुसले कब्जा गरेपछि नियुक्त गरिएका डेपुटी गभर्नर किरिल स्ट्रेमोसोभको ज्यान गएको रसियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँको कार दुर्घटनामा ज्यान गएको खबरमा उल्लेख छ । खेहर्सनबाट रुसी सेना फिर्ता भएसँगै गभर्नरको ज्यान गएको खबर आएको हो । रूसी कब्जाको सबैभन्दा प्रमुख समर्थकहरूमध्ये एक ४५ वर्षका स्ट्रेमोसोभलाई युक्रेनी प्रहरीले देशद्रोहको अभियोगमा खोजीको सूचीमा राखेको थियो ।
रुसले कब्जा गरिएको युक्रेनी क्षेत्रमा रुसद्वारा नियुक्त धेरै अधिकारीहरूलाई युक्रेनले आक्रमणको निशाना बनाएको छ । रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झन्डा फहराइएको छ ।
अहिले खेहर्सनबासीहरु विजयउत्सव मनाइरहेका बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका ४० भन्दा धेरै सहर र गाउँहरु फिर्ता गरेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।