अर्थमन्त्री शर्माद्वारा मतदान

 मंसिर ४, २०७९ आइतबार ७:५६:५५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - अर्थमन्त्री जनार्दन शर्माले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेकाे यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । 

शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो । 

मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया