काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
बाँके – नेपालगञ्जबासीले अपराधी पहिचानका लागि लामो समय प्रतिक्षा गरिरहेको हेमकार हत्याकाण्डमा संलग्न भएको आरोपमा एक जना अभियुक्त पक्राउ परिसकेका छन् ।
भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार स्थायी घर भई लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरी असोज १४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक ग्ार्यो ।
तर भारतमा भने किशोरीलालको अपहरण भएको भन्दै उनका छोरा विकासले लखनउ प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।भारतीय सञ्चार माध्यमका अनुसार किशोरीलाई पक्राउ गरिएको विषयमा नेपाल प्रहरीले सूचना दिइसकेको छ ।
सीसीटीभी फुटेजका आधारमा दैनिक भास्करको अनलाइन संस्करणले समाचार प्रकाशन गरेको छ । लखनउमा स्कुटरमा सवार किशोरीलाललाई कारमा राखेर जबरजस्ती लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमले किशोरीलाललाई लखनउबाटै नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याएको बताए पनि नेपाल प्रहरीले भने नेपालगञ्जको जमूनाहबाट पक्राउ गरेको दावी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले किशोरीलाललाई जमूनाहबाट पक्राउ गरिएको उज्यालोलाई जानकारी दिनुभयो ।
नेपालगञ्जको सदरलाइनमा १३ वर्षअघि एकै परिवारका चारजना सहित पाँच जनाको हत्या भएको थियो । पक्राउ परेका सोनी हत्या गरिएका दिपक हेमकारका सहोदर ससुरा हुन् ।
१३ वर्षअघि २०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाइनमा ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार, ३२ वर्षीय दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या गरिएको थियो ।
हेमकार परिवारका चारजनाको हत्या भएपछि सम्पत्ति सोनीकी छोरी अर्थात दीपककी पत्नीको दीपाको नाममा भएको थियो । घटनापछि दीपककी पत्नी भारतमा बस्दै आएको प्रहरीले जनाएको छ ।
हेमकार परिवारको नाममा भएको सम्पत्ति पत्नीको नाममा स्थानान्तरण भएपछि सस्तो मूल्यमा बिक्री भएको पाइएको प्रहरीले जनाएको छ ।
हत्याका समयमा दीपा माइती भारतमा थिइन् । पक्राउ परेका सोनीलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rohit Mittal
Feb. 21, 2019, 12:32 p.m.Thank you for providing this information, I hope you will continue to do good work.