विश्व कपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गाेलले हरायाे

 मंसिर ६, २०७९ मंगलबार १७:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्व फुटबलकाे दाबेदार मानिएकाे अर्जेन्टिना आफ्नाे पहिलाे खेलमै साउदी अरेबियासँग पराजित भएकाे छ ।

आज मङ्गलवार लुसेल रङ्गमञ्चमा भएकाे खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गाेल अन्तरले हरायाे । पहिलाे हाफमा १–० ले पछि रहेकाे अवस्थामा साउदीले दाेस्राे हाफमा २ गाेल फर्कायाे । 

अर्जेन्टिनाका लागि लियाेनल मेसीले पेनाल्टीमार्फत गाेल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गाेल गरे । याे हारसँगै अर्जेन्टिनाकाे लगातार ३६ खेलकाे अपराजित यात्रामा 'ब्रेक' लागेकाे छ ।

याे जितसँगै साउदी अरेबिया तीन अङ्कसहित समूह 'सी' काे शीर्ष स्थानमा उक्लिएकाे छ । अर्जेन्टिना भने पुछारमा छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Niran shrestha

    Nov. 22, 2022, 6:26 p.m.

    बाघ बुढो भएछ।मज्जा आयो ।यो साल्को बिश्वकप बिजेता साउदी अरबिया।

  •  0 Reply

तपाईको प्रतिक्रिया