नेपाली सेनाकाे भोलिदेखि फोटो तथा वृहद प्रदर्शनी
माघ १४, २०८१ सोमबार
चितवन – चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अलपत्र सडक समयमै निर्माण गर्न ठेकेदारलाई अनुराेध गर्नुभएकाे छ । आज शनिवार ठेकदारसँगै सडकमा पुगेर लामिछानेले यस्ताे अनुराेध गर्नुभएकाे हाे ।
चितवनको भरतपुर महानगरपालिकाको शहिदचोक–धर्मचोक–कचपचे सडक खण्ड अन्तर्गतको धर्मचोक क्षेत्रमा कालोपत्र हुन नसकेको सडककाे विषयमा लामिछानेले सरोकार राख्नुभएको हो । सडक निर्माण थालिएको समय धेरै भएपनि कालोपत्र हुन सकिरहेको छैन । समयमै सडक नबन्दा यात्रुले बर्खामा हिलाे र हिउँदमा धुलोको समस्या खेपिरहेका छन् ।
अध्यक्ष लामिछानेले सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बाटो निर्माणका लागि सार्वजनिक प्रतिबद्धता गर्न लगाउनुभयो । लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई माइकमा बोल्न लगाएर भोलि (आइतवार) देखि नै काम गराउने प्रतिबद्धता गराउनुभयो ।
यस क्षेत्रको पाँच सय मिटर सडक कालाेपत्र गर्न बाँकी छ । निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनमा राेकिएका काम तत्काल सक्ने गरि काम अघि बढेको बताउनुभयो ।
यस क्षेत्रका नागरिकले नबनेको भन्दै गुनासाे गर्ने गरेकाले ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई फिल्डमै ल्याएर समस्या समाधान गराउने प्रयास गरेकाे रवि लामिछानेले बताउनुभयाे । जितपछि बधाई खाने समय नभएको बताउँदै उहाँले काम गर्ने बेला आएको बताउनुभयो । औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले उनीहरूकाे काममा लागिपरेको उहाँकाे भनाइ छ । आफूलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउन पनि उहाँकाे आग्रह छ ।
यसैबीच आजै बिहान लामिछानेले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखामा सरोकारवाला पक्षसँग चितवनलगायत देशभरका किसानले भोग्दै आएका मलको समस्याको विषयमा छलफल गर्नुभएको छ । किसानले लामो समयदेखि भोग्दै आएको मलको समस्या समाधान गर्नु आफ्नो महत्त्वपूर्ण प्राथमिकता मध्येको एक भएकाे उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।