प्रेम सुवालकाे आराेप– ‘भारतसँग मल किन्दा मन्त्रीहरू कमिसन खान्छन्’

 मंसिर १०, २०७९ शनिबार १८:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारका मन्त्रीहरू नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेकाे आराेप लगाउनुभएकाे छ । 
 
आज शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे आराेप लगानुभएकाे हाे । उहाँले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरू नै भारतसँग मल किन्ने र पैसा खाने गर्छन् । उनीहरूको काम नै त्यही हो ।’

सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने पनि बताउनुभयाे । उहाँले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माण गर्न आफूले हरक्षण माग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयाे । देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि आफूले जाेड दिने उहाँकाे भनाइ छ । 

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७ सय ९३ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । सुवालले ४२ हजार ७ सय १६ मत ल्याउँदा प्रतिस्पर्धी गेलालले ११ हजार ९ सय ६८ मत पाउनुभएकाे थियाे ।  

यस्तै भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा नेपकिपाकै सुरेन्द्रराज गेसाईं विजयी हुनुभएको छ भने (क) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभएकाे छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया