‘९७ प्रतिशत अफगानी गरिबीको रेखामुनि छन्’

 मंसिर १४, २०७९ बुधबार १३:५०:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी नागरिक गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गएकाे वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भइ खाद्यान्न अभाव बढेको छ । 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) द्वारा युरोपेली सङ्घसँगको साझेदारी र समन्वयमा जारी गरिएको सर्वेक्षणअनुसार अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएको छ । बिजुली कटौतीका कारण देशका प्रमुख सहरको अर्थतन्त्रमा प्रभाव परेको, बिजुली अभावमा धेरै कारखाना बन्द भएका तथा रोजगारीका सीमित अवसरमा पनि प्रभाव परेको छ । 

खडेरी र कमजोर शासनको परिणामस्वरूप अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्याले गम्भीर खाद्यान्न अभाव झेलिरहेको छ । सर्वेक्षणले गरिबीका कारण अफगानीको जीविकोपार्जनमा नकारात्मक असर परेको, ग्रामीण क्षेत्रका धेरै मानिसलाई उनीहरूको स्रोत विविधीकरणमा पर्याप्त उपलब्ध नभएको तथा झन्डै ६० प्रतिशत जनसङ्ख्या जलवायु आघातबाट पीडित भएका देखाएको छ । 

यसैबीच विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले पनि अफगानिस्तानको आर्थिक सङ्कटलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ । व्याप्त आर्थिक सङ्कटले देशभरका परिवार र समुदायको जीविकोपार्जनमा समस्या भएको उसले बताएको छ । डब्ल्यूएफपीले साना उद्यममा असर परेको, निजी कम्पनीले बिक्रीमा  भएको कमी, उत्पादन र उपभोक्ता मागमा आएको विशाल गिरावटका कारण आधाभन्दा बढी कर्मचारी कटौती गरिएको जनाएको छ । लाखौँ अफगानी भोकमरीको चपेटामा पर्नसक्ने जनाउँदै यस संस्थाले मानवीय सङ्कटबाट अफगानिस्तानलाई जोगाउन अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया