एनआरटी क्लब सभापति कप फुटबलको सेमिफाइनलमा
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आउँदा दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीसँग कुरा मन्त्री कार्कीले आउँदा दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताउनुभयो । उहाँले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आउँदाे पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताउनुभयो ।
मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदाताले मलाई जुन विश्वासका साथ निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरू अभिवृद्धि गरेर लिएर जान्छु । उहाँहरूको विश्वासलाई म घात गर्ने छैन । यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले याे क्षेत्रमा धेरै काम गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अझ बढी काम गर्नेछु ।’
मन्त्री कार्की ३० हजार चार सय ८३ मतका साथ सुनसरी ४ बाट विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गर्नुभएको छ । मन्त्री कार्कीले कुसियैतलाई एक सय १२ मतान्तरले पराजित गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।